प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । बुधबार बिहान बालुवाटारस्थित सरकारी निवासमा उनिहरुबीच भेटवार्ता भएको हो ।

 

प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच जसपाले उठाउँदै आएका मागलगायतका विषयमा छलफल भएको ठाकुरनिकट एक नेताले जानकारी दिए ।

 

जसपाको ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समितिले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय उठाइरहेको छ।

 

ठाकुर पक्षले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत पनि दिएको थियो।