बाटो बिराएका साथिहरुलाई आममाफी दिन्छुः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका २२ सांसदलाई आममाफी दिने घोषणा गरेका छन् । बिहीबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बाटो बिराएर गएका नेताहरुलाई आममाफी दिने बताएका हुन् ।

 

ओलीले भने, ‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड ।’

 

यस अघि ओली माधव नेपालसहितका नेताहरुलाई अपराध गरेको संज्ञा दिदै पार्टि विभाजन गर्न खोजेको आरोप लगाउदै आएका थिए । गत आइतबार प्रतिनिधिसाभा बैंठकमा एमालेका २२ सांसदले फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।