आज बागमती प्रदेशसहित यी स्थानमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाअउन महाशाखाको अनुरोध

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।देशभर मनसुनी वायुको सामान्य प्रभाव कायमै रहेको महाशाखाले जनाएको छ ।

 

 

हाल मौसमको अवस्था अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरुमा आंशिक देखि सामान्य वदली रहेको छ ।

 

 

 

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

 

त्यस्तै आज राती देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

देशभर केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा बागमती प्रदेशको एकदुई स्थानमा भारी बर्षाको संभाबना रहेको हुनाले पहाडी भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदि नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।