कुटपिट गरेर छोराले गरे बाबुको हत्या

इलाम । इलाममा छोराको कुटपिटबाट वृद्ध बाबुको मृत्यु भएको छ । इलाम देउमाई नगरपालिका–२ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको हो ।

 

गत बिहीबार छोरा ३४ वर्षीय गिर्जमान मुखियाले घरयासी विवादका कारण बुबा टेकबहादुरलाई कुटपिट गरी घाइते बनाएका थिए ।

 

घाइते उनलाई तत्काल बिर्तासिटी अस्पताल विर्तामोड ल्याइएको थियो । तर गम्भीर अवस्थाका उनको उपचार सम्भव नभएको भन्दै अस्पतालले अन्यत्र ठुला अस्पतालमा रिफर गरेको थियो ।

 

तर खर्चअभावका कारण आफन्तले उनलाई घर तर्फ फिर्ता लगेका थिए । घर फर्काउने क्रममा उनको आइतबार राति ९ बजे मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 

यस्तै, कुटपिट गर्ने गिर्जमानलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेर अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।