दमकमा ट्रकको ठक्करबाट एक दम्पतीको मृत्यु

झापा । झापामा दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ ।

 

गएराति १२ बजे झापाको दमक ४ स्थित लोकमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालक झापा कनकाई नगरपालिका वडा नं ३ बस्ने ४३ वर्षिय पूर्णबहादुर विष्ट र पछाडि सवार उनकी श्रीमती ३६ वर्षिया भीमा विष्टको मृत्यु भएको हो ।

 

घाइतेहरुलाई उपचारका लागि लाइफलाइन अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको प्रहरी कार्यालय जनाएको छ ।