छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता पक्षमा सहमित

काठमाडौ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् छिट्टै विस्तार गर्ने सहमित भएको छ ।

 

बुधबार बिहान झन्डै २ घन्टासम्म बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको थियो। बैठकमा मन्त्रिमण्डल बिस्तार छिटो गर्ने विषयमा छलफल भए पनि कहिले बिस्तार गर्ने भन्ने निष्कर्ष निस्किएन।

 

‘अहिलेसम्म सरकारले गरेका कामकारबाहीको छोटो समीक्षा भयो। मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिनेबारे पनि कुराकानी भएको छ,’ बैठकपछि नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का भने, ‘मन्त्रिमण्डल कहिले बिस्तार गर्ने भन्ने ठोस निर्णय भएको छैन। छिट्टै गर्ने भन्नेछ।’

 

साथै आजको बैठकमा मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति पनि भएको छ। गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष छ।