जिप दुर्घटनामा तीन जनाको मृत्यु, सात घाइते

 

काठमाडौं । गुल्मीको मुसिकोटमा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । शान्तिपुरबाट सदरमुकाम तमघासका लागि छुटेको लु१ ज. ४५६५ नम्बर जिप ​नगरपालिका ४-स्थित दोभान भन्ने स्थानमा दुर्घटना हुदा तीन जनाको मृत्यु भएको हो ।

 

दुर्घटनामा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए। उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइँदै छ । एकजनाको अवस्था गम्भीर रहेको एसपी भट्टराईले जानकारी दिए ।