काठमाडौं महानगरमा आजदेखि भेरोसेल खोप लगाइँदै !

काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि भेरोसेल खोप लगाउने भएको छ । यसअघि खोपको पहिलो मात्रा छुटेका ५० वर्षमाथिका सबै उमेर समूहका लागि महानगरपालिकाले पुनः कोराना भाइरस विरुद्धको भेरोसेल खोप लगाउने भएको हो ।

 

महानगरपालिकाका ३२ वटा वडामै बिहान १० बजेदेखि पाँच बजेसम्म खोप लगाइने छ ।

 

खोप लगाउनेहरुले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमति पत्रमध्ये कुनै प्रमाणपत्र लिए जानुपर्ने छ । यी प्रमाणपत्रहरु पनि नभएका सम्बन्धित वडाको सिफारिश लिएर खोप केन्द्रमा जानुपर्ने महानगरपालिकाले जनाएको छ ।