मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । गत सोमबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार समेत सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।

 

यस्तै, तेजाबी सुनको मूल्य समेत आज गत सोमबारकै ९१ हजार ८०० रुपैयाँ कायम भएको महासङ्घको भनाई छ । तर, यता चाँदीको मूल्य भने केही दिनयताको स्थिरता तोड्दै मंगलबार प्रतितोला १० रुपैयाँले घटेर एक हजार २७५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।