भूमि आयोग विघटनविरूद्ध सर्वोच्चमा रिट, २५ गते पेसी

काठमाडौँ । भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

 

अधिवक्ता प्रवेश केसीले शुक्रबार आयोग विघटन संवैधानिक र कानुनी दुवै हिसाबले नमिल्ने तर्क गर्दै रिट दायर गरेका हुन्। रिट निवेदन दर्ता भई साउन २५ गते पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले देवी ज्ञवाली अध्यक्ष रहेको भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो । यस्तै भूमि आयोग खारेजीविरुद्ध नेपाल भूमिहीन सुकुम्बासी संगठनले आन्दोलनको घोषणा गरिसकेको छ ।