गण्डकी प्रदेशमा थप ५१० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । गण्डकी प्रदेशमा थप ५१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार १०५ जनामा गरिएको नमूना परीक्षणमा ५१० जनामा संक्रमण भएको हो । संक्रमितमध्ये २४५ महिला र २६५ जना पुरुष रहेका छन् ।

प्रदेशका ९ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै लमजुङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

 

उनका अनुसार कास्की १६९, बागलुङ १२२, स्याङ्जा १०३, म्याग्दी ३, पर्वत ५२,गोरखा २७, लमजुङ २ तनहुँमा १७ र नवलपुरमा १५ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२ हजार ५१ पुगेको छ ।