गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौँ । गुल्मीमा चट्याङ लागेर घाइते भएकी एक जना महिलाको पनि मृत्यु भएको छ । मालिका गाउँपालिका९२ पाटाखर्ककी २८ वर्षीया कमला पट्टेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

 

बुधबार बेलुकी घरमै बसिरहेको बेला परेको चट्याङले लागे पट्रटेल घाइते भएकी थिइन् । उनको आज (बिहीबार) बिहान मृत्यु भएको डीएसपी पाण्डेले बताए । घटनास्थल गुल्मी जिल्लाको सिमाना क्षेत्र हो । प्रहरी टोली जान लागेको उनले बताए ।

 

बुधबार नै गुल्मी जिल्लाको इस्मा गाउँपालिकाको वडा नम्बर-४ का विभिन्न स्थानमा पर्दा ११ वर्षका राहुल गन्धर्व मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । घाइते मध्ये तीन जनाको पाल्पामा उपचार भैरहेको छ । तीन जना उपचारपछि घर फर्किसकेका छन् ।