बाढीले बगाउँदा २७ जनाको मृत्यु, केही अझै बेपत्ता

काठमाडौं। टर्कीमा बाढीले बगाउँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्।

 

 

शुक्रबार रातभरिमा मृतकको सङ्ख्या १० बढेर २७ पुगेको प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले जनाएका छन्।

 

 

बाढीमा परेर केही व्यक्ति अझै बेपत्ता रहेका र उनीहरूको खोजी तथा उद्धारको प्रयास भइरहेको पनि समाचारमा जनाइएको छ।