आज मिति २०७८ साल भाद्र १ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोबारमा विवाद आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

 

 

 

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- आज महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बहुमूल्य वस्तु हात पर्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । हर्ष, उमङ्ग र उत्साह रहला ।

 

 

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आज मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा मनमा हर्ष ,उमङ्ग र उत्साह छाउनेछ ।

 

 

 

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

 

 

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- आज आर्थिक कारोबारमा मन्दी आउनेछ । अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला । मनमा दुबिधा पनि उत्पन्न पनि हुन सक्छ ।

 

 

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- आँटेको र ताकेको कार्य पुरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

 

 

 

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- शुभकार्यको चर्चा चल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पुँजी बजारको क्षेत्रमा रुचि बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

 

 

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला ।

 

 

 

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- आफन्तको प्रगतिमा मन रमाउनेछ । काम गर्ने उत्साह र हौसला भोज भतेरमा जाने मौका मिल्नेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

 

 

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

 

 

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ ।

 

 

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- आज रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । ज्यो.प. नारायणप्रसाद दुलाल