सच्चा क्रान्तिकारी शक्तिलाई एकताबद्ध हुन महासचिवको आग्रह

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले दक्षिणपन्थी संशोधनवादका विरुद्ध वैचारिक सङ्घर्ष चलाउँदै सच्चा क्रान्तिकारी शक्तिलाई एकताबद्ध हुन आग्रह गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले सो कुराको आग्रह हुन् ।

 

वैद्यले भारतद्वारा कब्जा गरिएको लिम्पियाधुरा सहितको सम्पूर्ण भूभाग फिर्ता गर्न सरकारलाई दबाव दिए । यस्तै उनले देउवा सरकारले पनि राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या हल गर्न असफल भएको आरोप लगाए ।

 

वैद्यको प्रतिवेदनका अनुसार ओली सरकारको समृद्ध नेपाल र सुखी नेपालीको नारा उदाङ्गो बन्न गएको र शेरबहादुर देउवा पनि यही सङ्कटग्रस्त व्यवस्थाको असफल प्रतिनिधि हुनाले वर्तमान गठबन्धन सरकारबाट पनि राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या हल हुन सक्दैनन् ।

 

बैठकले लिम्पियाधुरासहितको भूभाग फिर्ता र एमसीसीको विरोधलगायतका विषय पनि उठाएको छ। साथै पहिचानसहितको संघीय संरचनाको स्वरुपबारे गहन अध्ययन गर्ने निर्णयसमेत बैठकले गरेको छ।