अध्यादेश ल्याए लगत्तै राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शितलनिवास

काठमाडौँ । अध्यादेश ल्याए लगतै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा शितलनिवास पुगेका छन्। मन्त्रिपरिषद बैठकलगत्तै प्रधानमन्त्री देउवा शितलनिवास पुगेका हुन्।

 

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर पार्टी फुटाउन पाउने अध्यादेश पास गरेको थियो । उक्त अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष पठाइएको छ।