कैलालीमा थप ३० जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौँ । कैलालीमा थप ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा १ सय ६४ नमुना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टी भएको हो ।

 

१ सय ३४ जनामा भने नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । जिल्लामा कोरोनाका कारण हालसम्म १ सय ८६ जनाको मृत्य भएको छ । अस्पतालमा अहिले १८ जनाको उपचार भैरहेको श्रेष्ठले जानकारी दिए ।

 

अस्पतालका अनुसार हालसम्म १ लाख ११ हजार ८ सय ८ नमुना संकलन गरी पिसिआर परीक्षण गर्दा १९ हजार ९ सय ६४ मा संक्रमण पुष्टी भएको छ भने ८१ हजार अठचालीस जनाको रिपोर्ट नेगेटिभ आएको छ ।