च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक जारी

काठमाडौँ । नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ता गरेपछि नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक सुरु भएको छ । बिहीबार ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा पहिलो बैठक सुरु भएको हो ।

 

केन्द्रीय सदस्य समेत रहेका तामाङका अनुसार १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धि स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे निर्णय गर्ने एजेण्डामा छलफल हुनेछ । त्यस्तै तेस्रो एजेण्डाका रुपमा पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरुको कारवाही प्रक्रिया अघि बढाउने रहेको छ ।