तीन बजे मन्त्रिपरिषद बैठक बस्दै, प्रदेश प्रमुख फेरिने सम्भावना

काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएका छन् । 

 

 

 प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले केही महत्वपूर्ण राजनीतिक नियुक्तिको निर्णय गर्ने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।

 

 

बालुवाटार स्रोतका अनुसार आजको मन्त्रिपरिषद बैठकमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने र राजदूत नियुक्तिका बिषयमा छलफल गर्ने छ । यसअघिका बैठकहरुले अन्य प्रदेश प्रमुखहरु परिवर्तन गरिसकेको छ ।