सुन-चाँदी दुबैको मूल्य सस्तियो, कति छ आजको मूल्य ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदी दुबैको बजार मूल्य सस्तिएको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले सस्तिएको हो ।

 

योसँगै गत मंगलबार बजारमा प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार ९१ हजार रुपैयाँ कायम भएको छ भने चाँदी एक हजार १९५ रुपैयाँ कायम भएको छ ।

 

 

यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज बुधबार गत मंगलबारको मूल्यमा तोलामा २०० रुपैयाँले सस्तिदै ९० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।