आज पनि उठेन काठमाडौँको फोहोर , तस्बिरमा हेर्नुहोस्

काठमाडाैँ । लगभग एक महिनादेखि काठमाडौँ उपत्यकाका विभिन्न सडक र चोकहरू दुर्गन्धित छन् । जताततै फोहोर थुप्रिएको देख्न सकिन्छ । राजधानी जस्तो ठाउँमा पनि नाक-मुख छोपेर हिड्डुल गर्ने पर्ने अवस्था छ । उपत्यकाका बासिन्दाहरूको घर-घरमा पनि उस्तै फोहोर थुप्रिएको छ । आज फोहोर उठ्छ कि भन्ने आशामा बसेका उपत्यका बसिहरू निराश भएका छन् । 

 

 

मंगलबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले बुधबार बिहान ६ बजेबाट फोहोर उठाउने निर्णय गरेको थियो । तर आज पनि सहरका विभिन्न ठाउँमा उस्तै फोहोर छ । स्थानीयको अवरोध देखाउँदै आएको महानगरले आज भने ढुवानीका कारण फोहोर उठ्न नसकेको बताएको छ । तथापि, लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढेको छ ।