प्रधानमन्त्रीले बोलाए साँझ ४ बजे मन्त्रिपरिषद् बैठक

काठमाडौँ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । आज साँझ ४ बजे बालुवाटार बस्ने गरी प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

 

आजको बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई अझै पूर्णता दिन सकेका छैनन ।

 

 

 

मंगलबार सत्तारूढ गठबन्धनका नेताहरूको बैठकमा मन्त्री चयन गर्न विवाद भएपछि विनानिष्कर्ष बैठक सकिएको थियो । अहिले सरकारमा एउटा राज्यमन्त्रीसहित ४ मन्त्री मात्रै सहभागि छन् ।