सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्ने सूचीमा

काठमाडौँ । सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको छ ।

 

 

बुधबार मुद्धा सुनुवाइ हुने भनेर पेशी सूचीमा राखिएको थियो तर, केही समयमै सर्वोच्चले पेशी चढेको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको छ । यसअघि पनि पटक पटक उक्त मुद्धा पेशीमा चढाइए पनि फैसला हुन सकेको छैन । यसअघि २०७८ वैशाख ८ मा पनि यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।

 

 

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सापकोटामाथि लागेको छ । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सापकोटामाथि लागेको छ । १६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।