आज देशभर सामान्य बदली रही धेरै स्थानहरुमा वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

 

हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ।साथै मनसुन न्यून चापिय रेखा औसत स्थान नजिक रहेको छ।

 

 

 

हाल मौसमको अवस्था देशभर आँशिक देखि सामान्य वदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भएको छ।

 

 

 

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

त्यस्तै आज राती देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

देशको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।