आजको संसद बैठकमा कसरी प्रस्तुत हुन्छ एमाले ?

काठमाडौं । आज बस्ने प्रतिनिधि सभाको बैठक पनि सहजै संचालन हुने संभावना देखिदैन । दिउसो १ बजे बस्ने गरी बोलाइएको संसद बैठक पनि अवरोध गर्ने तयारीमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले छ । एमालेको विरोधका कारण बुधबार तीनपटक सम्म संचालन हुन नसकेर सभामुखले बैठक आजका लागि बोलाएका छन् ।

 

 

एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदका बुधबार उठाएको विषय निरन्तर जारी राख्ने बताए । ‘हाम्रा पुरानै अनुत्तरित प्रश्नहरू कायमै छन्, सभामुखले चित्तबुझ्दो जवाफ नदिदा सम्म प्रश्न सोधिरहन्छौँ,’ भट्टलाईले भने, ‘सभामुखले जे गरेपनि हुन्छ भन्ने सोचेका छन्, हामी त्यसको निरन्तर प्रतिवाद गर्छौँ ।’

 

 

एमालेले कारवाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारवाही नगर्नुको कारण माग गर्दै एमालेले संसद बैठक अवरूद्ध गर्दै आएको छ ।