एमाले सांसदको नाराबाजीपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमाले सांसदको नाराबाजीपछि आज बसेको प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। आजको बैठकमा सरकारले आर्थिक अध्यादेश २०७८ पेस गर्ने कार्यसूची छ।

 

 

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)  का सांसदहरूले प्रतिनिधि सभा बैठक सुरू हुनासाथ अवरोध गरेका थिए। रोष्ट्रममा गएर उनीहरू ‘संसदीय मर्यादा कायम गर’ लगायतका नारा लगाएका थिए। नाराबाजी गरिरहेका एमाले सांसदहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले पटक-पटक बैठक सहज रूपमा चल्न दिन अनुरोध गरेका थिए।

 

 

एमालेले कारबाही गरेका सांसदलाई सभामुखले कारबाही गरेको सूचना नटाँसेको र उनीहरूले नयाँ पार्टी खोलेको भन्दै एमालेले संसदमा अवरोध गरेको हो।