पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक सानेपामा बस्दै

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक बस्ने भएको छ ।

 

 

विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद र आसन्न महाधिवेशनबारे छलफल गर्न बैठक दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

 

 

कांग्रेस नेताहरुका अनुसार २१ जिल्लामा कांग्रेस क्रियाशील सदस्यता सम्बन्धी विवाद छ । विवादका कारण भदौ १८ मा गर्ने भनिएको वडा अधिवेशन असोजसम्म सारिएको छ ।

 

 

यसअघि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा विवादकैबीच प्रहरी, प्रशासन लगाएर वडा अधिवेशन गरिएको भन्दै पौडेल पक्षले विरोध जनाएको थियो ।