प्रतिनिधिसभा बैठक आज पनि बस्ने

 

काठमाडाैँ ।  प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । मंगलबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ।

 

 

प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरोध गरिरहेको छ। संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले पहल थालेका छन्। सोमबार सभामुख सापकोटाले सर्वदलीय बैठक पनि राखेका थिए। उक्त बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका थिए।

 

 

एमालेले सभामुखको भूमिकाप्रति विरोध गर्दै आएको छ। कारबाही गरेका सांसदको सूची टाँस नगरेको र पार्टी फुटाउन भूमिका खेलेको आरोप एमालेले सभामुख सापकोटामाथि लगाएको छ। एमालेको विरोधबीच नै गत शुक्रबार सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएको थियो।