चाडपर्वका बेला कोरोना संक्रमण बढ्ने हुँदा,यस्ता कुराहरुमा ध्यान दिनुहोस्

काठमाडौं। नेपालमा कोरोनाको तेस्रो लहरको डरको बीचमा चाडपर्वको समय सुरु हुनै लागेको छ । कम्तीमा पनि दुई महिना सम्म चल्ने चाडपर्व जारी रहनेछ । यो पर्व अन्य देश को तुलना मा नेपालमा धेरै धूमधाम संग मनाईन्छ।

 

 

यो पर्वमा एक अर्काको घर मा मानिसहरु को यात्रा बढ्नेछसाथै धार्मिक स्थलहरुमा भिडभाड हुन्छ । चाडपर्वका लागि चाहिने सामानहरुको लागि मानिसहरु किनमेल र यात्रा को लागी बाहिर निस्किन्छन् ।

 

 

 

एकातिर चाडपर्वको धूमधाम छ चली रहेको छ भने अर्कोतिर स्वास्थ्य विज्ञहरु लगातार कोरोना भाइरसको तेस्रो लहरको सम्भावनालाई ध्यानमा राखी सावधानी अपनाउन जनतालाई अपील गरिरहेका छन्। दोस्रो लहर अझै पनी देश को बिभिन्न भागहरुमा अवस्थित छ ।

 

 कोरोनबाट बच्न यी कुराहरुमा ध्यान राख्नुहोस्

 

-घरबाट बाहिर जानु पहिले यी कुरामा ध्यान दिने

 

–मास्क ,फेसमास्क, पन्जा अवश्य प्रयोग गर्ने ।

 

–आफ्नो साथमा ह्यान्ड सेनिटाइजर र एक्स्ट्रा फेसमास्क बोक्ने ।

 

–टिस्यु अर्थात नैपकिन साथमा राख्ने ।

 

–पानीको बोतल साथमा राख्ने ।

 

-भिडभाडमा सामाजिक दरी कायम गर्ने

 

– भिडभाडमा बस्दा ६ फिट टाढा बस्ने ।

 

–भिडभाडमा बस्दा डबल मास्कको प्रयोग गर्ने

 

– भिडभाडमा बस्दा वा बस स्टेशनमा बस्दा केही पनि नखाने ।

 

–बसमा सवार हुनु भन्दा पहिले वा सवार पछि स्यानिटाइजर प्रयोग गर्ने ।

 

-सामान किनबेच गर्दा ध्यान दिनुपर्ने कुराहरु

 

–बढी भिडभाड भएको स्थानमा नजाने ।

 

–बाहिर जानु पहिले सामानको लिस्ट तयार गर्ने ।

 

–ह्यान्ड क्यारी ब्याग आफ्नो साथमा लिएर जाने ।

 

–सामाजिक दुरी कायम गर्ने ।

 

–मास्क फेसमास्क प्रयोग गर्न नभुुल्ने ।

 

–बच्चालाई साथमा नलैजाने ।

 

–सामान किन्नु पहिले स्यानिटाइजर प्रयोग गर्ने ।

 

-चाडपर्वको समयमा पाहुना आउँदा ध्यान दिनुपर्ने कुराहरु

 

– गेस्टसँग मिल्दा हात मिलाउने वा अगालो मार्नु भन्दा टाढैबाट अभिवादन वा नमस्कार गर्ने ।

 

–फेस्टु फेस्ट कुरा नगर्ने वा कुरा गर्दा मास्कको प्रयोग गर्ने ।

 

-मन्दिर वा भिडभाडमा जाँदा ध्यान दिनुपर्ने कुराहरु

 

– मन्दिर जानु पहिले आफ्नो टेम्परेचर चेक गर्ने ।

 

–सामाजिक दुरीको कायम गर्न नभुल्ने ।

 

– मन्दिरमा एक अर्कालाई प्रसाद नदिने ।

 

-बाहिरबाट फर्किसकेपछि ।

 

–सामान बाहिर नै राख्ने ।

 

–घरबाहिर नै कपडा चेन्ज गर्ने र स्यानिटाइजर प्रयोग गर्ने ।

 

–हात, खुट्टा, मुख राम्रोसँग सफा गर्ने ।

 

–कपडा चेन्ज गर्नु भन्दा पहिले र कपडा चेन्ज गरिसकेपछि राम्रोसँग हात सफा गर्ने ।