एमालेबाट पुँजीवादी र दक्षिणपन्थी धार अलग भयो: बादल

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इञ्चार्ज रामबहादुर थापा बादलले एमालेबाट पुँजीवादी र दक्षिणपन्थी धार अलग भएको दाबी गरेका छन्।

 

 

 

आफ्नो सरकारलाई अपदस्त गरेर गरेर पुँजीवादी दलालहरुलाई सहयोग गर्दै उनीहरुलाई सरकारमा पुर्‍याउने कामसहित पार्टीको दक्षिणपन्थी धार अलग भएको उनले बताए।

 

 

 

काठमाडौंमा जिल्ला कमिटीको प्रशिक्षण कार्यक्रममा उनले भने, ‘हामीले आगामी दिनमा समाजवादी धारलाई बलियो बनाउनुपर्छ।

 

 

 

दक्षिणपन्थी धारलाई परास्त गराउन सडक र सदनबाट अघि बढ्नुपर्छ। नेकपा एमालेलाई पुनः राजकीय सत्तामा पुर्याएर छोड्छौं।