प्रतिनिधिसभाबाट भोलि विनियोजन विधेयक पास गर्ने तयारीमा सरकार

काठमाडौं। सरकारले प्रतिनिधिसभाबाट भोलि सोमबार विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ। सोही अनुसार संसद सचिवालयले तयारी गरेको छ।

 

 

संसद सचिवालयका महासचिव भरतराज गौतमले विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने र मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ दिने समय सभामुखले तोक्ने जानकारी सांसदहरुलाई गराएका छन्।