बाजुरा काँग्रेसको पालिका अधिवेशन सम्पन्न,आठ पालिका सर्वसम्मत,एक पालिकामा मतदान

काठमाडौं।बाजुरा जिल्लामा नेपाली काँग्रेसको १४ औं महाधिवेशन तथा पालिकाको अधिवेशन सम्पन्न भएकाे छ। जिल्लाका ९ वटा पालिकामध्ये आठ पालिकामा सर्वसम्मत पदाधिकारी चयन भएको छ भने एउटामा मतदान प्रक्रियाबाट सम्पन्न गरिएकाे छ।   

 

चार नगरपालिका र पाँच गाउँपालिकामध्ये त्रिवेणी नगरपालिमा मतदान प्रक्रियाबाट पदाधिकारी चयन गरिएको निर्वाचन समितिले जनाएकाे छ। त्यस्तै आठ पालिकामा सहमतीबाट पदाधिकारी चयन गरिएको निर्वाचन समितिले जनाएकाे छ।

 

 
त्रिवेणी नगरपालिकामा भने सहमती हुन नसकेपछि मतदान प्रक्रियाबाट निर्वाचन सम्पन्न भएको निर्वाचन समितिले जनाएकाे छ। 

 

 

शनिबारबाट सुरु भएको पालिका अधिवेशन आज सम्पन्न भएकाे छ। केन्द्रको परिपत्र अनुसार जिल्ला निर्वाचन समिति बाजुराले तोकिएको समयमा अधिवेशन सम्पन्न गरिएकाे निर्वाचन समितिले जनाएकाे छ।   

 

 

जिल्लाको प्रदेश निर्वाचन क्षेत्र(क) का चार पालिका र प्रदेश निर्वाचन क्षेत्र(ख) का पाँच पालिकाको अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरिएकाे छ।
 

 

प्रदेश निर्वाचन क्षेत्र(क) का बुढीन्दा नगरपालिकामा डबल बहादुर खड्का, हिमाली गाउँपालिकामा अम्मलाल कार्की,स्वामीकार्तिक खापर गाउँपालिकामा महेश कटेल,जगन्नाथ गाउँपालिकामा सुन्दर बहादुर विष्टसर्वसम्मत सभापतिमा चयन भएका छन् ।

 

 

 त्यस्तै प्रदेश निर्वाचन क्षेत्र (ख) का बडीमालिका नगरपालिकामा गोपालबहादुर कार्की,बुढीगंगा नगरपालिकामा जयराज उपाध्याय,खप्तड छेडेदह गाउँपालिकामा हर्कबहादुर रावत, गौमुल गाउँपालिकामा राजबहादुर धामीसभापतिमा निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत भण्डारी बताउँछन् ।

 

 

 

यस्तै त्रिवेणी नगरपालिकामा भने मतदान प्रक्रियाबाट सुरेन्द्रारज गिरी निर्वाचित भएका छन् । गम्भीर बुढाले ६९ मत ल्याएर पराजित भएका हुन भने गिरीले ८२ मत ल्याएर विजयी भएका हुन् । 

 

 

 

नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र (क) र (ख)को अधिवेशन आजबाट सुरु भएको छ ।  प्रदेश(क) का चार पालिका र प्रदेश(ख)का पाँच  पालिकाका लागि छुट्टाछुट्टै नेतृत्व चयनका लागि अधिवेशन सुरु भएको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।