सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं। साताको कारोबारको पाचौं दिन बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।

 

 

छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

त्यस्तै तेजावी सुन आज प्रतितोला ८८ हजार २ सय ५० रुपैयाँमा कारोबार भइहरेको छ ।

 

यता चाँदी आज तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला ११ सय २० रुपैयाँमा कारोबार भइहरेको महासंघले जनाएको छ ।