कैलालीको चुरे गाउँपालिकामा पहिरो

काठमाडौं। कैलालीको चुरे गाउँपालिकाका पहिरो पिडित परिवार अझै बिचल्लीको अवस्थामा छन् । दुई बर्ष अघि गएको पहिरो पिडित अहिले सम्म पनि जंगलमै बसिरहेका छन् ।

 

 

 

पहिरोबाट प्रभावित नागरिकहरुले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन । बैज्ञानिक मापदण्ड बिपरित बर्षेनि सडक खनिन थालेपछि कैलालीको चुरे गाउँपालिकाका बिभिन्न वडामा पहिरोको जोखिम बढिरहेको छ ।

 

 

 

पहिरोको कारणले गाँउनै बिस्थापित भइरहेकाछन् । चुरे गाउपालिकाको गोपाले, काफलगैरा, माल, निगलाडी, पट्रेनि, गुणि लगाएतका गाउमा पहिरोका कारण गाँउनै बिस्थापित हुन थालेका हुन ।

 

 

 

चुरेका बिभिन्न बस्तीमा पहिरो जानथालेपछि त्यहाका स्थानीय घर छोडेर जंगल तथा सुरक्षित स्थानमा जान थालेका छन् । अहिले सबै बिस्थापित घर बिहिन बन्दै गएका छन् ।

 

 

गाउमा बस्न सक्ने अवस्था नभएपछि केहि सडकमै बसिरहेका छन् । पहिरो प्रभावित परिवारहरुलाई अहिले दैनिक छाक टार्न पनि समस्या भएको छ ।

 

 

 

 

यता सरकारले बिस्थापतिहरुको बारेमा केहि नगरेको स्थानीयले आरोप लगाएका छन् ।गत बर्ष आएको पहिरोका कारण पट्रेनि, गुणिका ३ सय परीवार बिस्थापित भएका छन ।

 

 

यस्तै भदौ ९ र १० गतेको भारी वर्षाका कारण चुरे गाउँपालिका वडा नम्बर ५ का गोपाले, काफलगैरा, माल, निङ्गलाडीका बस्तीहरु नराम्ररी प्रभावित भएको छ । घर, गोठ जमिन चर्किनुका साथै सो बस्ती पहिरोको उच्च जोखिममा छन् ।