बालबालिकालाई कोरोनाविरुद्धको खोप दसैँलगत्तै लगाउर्छौं: स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं ।दसैँ लगत्तै १८ वर्ष मुनिका बालबालिकालाइ कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् ।

 

 

आइतबार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले सो कुरा बताएका हुन।

 

 

त्यस्तै उनले भने १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चित भइसकेको बताएका छन्।

 

 

यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उनले बताए । दशैँलगत्तै १ लाख फाइजर खोप आउने उनले जानकारी दिए । फागुनसम्ममा क्रमश ः खोप आउने र बालबालिकालाई उपलब्ध गराइने उनको भनाइ छ ।

 

 

सरकारको तर्फबाट यसलाई उच्च प्राथमिकता दिएर एक करोड खोप खरिद गर्ने व्यवस्था भइसकेको उनले बताए।

 

 

यो दशैँको लगत्तै १ लाख फाइजर खोप आउने त्यसपछि फागुन सम्ममा पटक-पटक गरेर फाइजर र मोर्डना आएर बालबच्चाको लागि खोपको व्यवस्थापन हुने उनले बताए । देशभरी खोप लगाइने उनले जानकारी गराएका छन्।

 

 

राज्यमन्त्री श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपलाई सरकारले पहिलो प्राथमिकता दिएको बताएका छन्।त्यस्तै तिनै तहको अस्पतालको व्यवस्थापकिय पक्षलाई सुधार्न नीति बनाउने तयारी सरकारले गरेको बताए ।

 

 

सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणको बेला मृत्यु भएका स्वास्थ्यकर्मीको बालबच्चालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने पनि बताए ।

 

 

 

 त्यस्तै बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टीलेटरलगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

 

 

 

फाउन्डेशनले ४१ करोड ४८ लाख ४९ हजार ३०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री कान्ति बाल अस्पताललाई हस्तान्तरण गरेको हाे ।

 

 

 

फाउन्डेशनले कोरोना संक्रमणको पहिलो लहरदेखि नै सरकारलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्दै आएकाे थियाे।  संक्रमणको तेस्रो लहर आउनसक्ने सम्भावनालाई ध्यान दिदैँ पूर्वतयारी स्वरुप स्वास्थ्य सामग्री हस्तान्तरण गरेको फाउण्डेशनले जनाको छ।