काङ्ग्रेस बाजुराको सातौं जिल्ला अधिवेशनमा मतदान जारी

बाजुरा।  नेपाली काङ्ग्रेस बाजुराको सातौं जिल्ला अधिवेशनमा मतदान विहान ८ बजेबाट जारी रहेकाे छ। 

 

 

सभापतीमा पार्टी सभापती कबिराज पण्डित, नेता रामसिहं रावल र महाधिवेशन प्रतिनिधी चक्र बहादुर शाहले आआफ्ना तर्फबाट उम्मेदवारी दर्ता गरेका छन् ।

 

 

जम्मा १२०७ जना क्षेत्रीय प्रतिनिधिहरूले भोट हाल्न पाउने छन् । बिहान ८: बजेबाट मतदान सुरू भइ बेलुका ५३० सम्म मतदान हुने छ।