घटस्थापनाको बिदाले आज शेयरबजार बन्द

काठमाडौं ।शेयरबजार आज बन्द हुने भएको छ । आज सरकारले नेपालीको महान चाड बडादशैंको पहिलो दिन घटस्थापना परेकाले सार्वजनिक बिदा दिएको छ । त्यसैले, आज नेप्सेको कार्यायल बन्द भएको हो ।

 

 

अब शेयरबजार आइतबार बिहान ११ बजे खुल्नेछ । बुधबार नेप्से सूचक ६८ दशमलव ४७ अंकले बढेर २६ सय ८१ दशमलव १० बिन्दुमा पुगेर रोकिएको छ । कुल चार अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।