सार्वजनिक यातायातलाई आजदेखि रुट पर्मिट नचाहिने

काठमाण्डौ।आजदेखि सार्वजनिक यातायात जुनसुकै रुटमा पनि चल्न पाउने भएका छन् । दशैँमा आवत–जावतलाई सहज बनाउन आजदेखि रुट पर्मिट हटाइएको हो। कोजाग्रत पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै ठाउँमा जान सक्ने छन् ।

 

 

यस्तै, सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाण्डौसम्मको सडकमा ठूला गाडी सञ्चालनमा रोक लगाएको छ ।

 

यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन।

 

 

ट्रेलरलगायतका ठूला गाडीलाई भने कोजाग्रत पूर्णिमासम्म रोक लगाएको विभागका प्रवक्ता डाक्टर लोकनाथ भुसालले जानकारी दिए। 

 

 

यो सडकखण्डमा धेरै गाडी ओहोरदोहोर हुने भएकाले ठूला गाडीलाई प्रवेशमा रोक लगाइएको हो । यो सडकखण्ड भएर दैनिक हजारौँ गाडी ओहोरदोहोर हुन्छन् ।

 

 

विशेषगरी चाडपर्वमा त झन् गाडीको संख्या दोब्बर तेब्बरले बढ्ने गरेको छ । दशैँका लागि बाहिरिने यात्रुको संख्या बढेसँगै केही दिन यता यो सडकखण्डमा लामो जाम हुने गरेको छ ।