एमसीसीको विरोधमा काठमाडौंमा प्रदर्शन

काठमाडौं। राष्ट्रवादी केन्द्र नेपालले एमसीसी परियोजना खारेज गर्नुपर्ने माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

 

एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै उनीहरुले काठमाडौंको भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेका हुन् ।

 

प्रदर्शनमा एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै नाराबाजी गरका छन् ।

 

 

उनीहरुले ‘एमसीसी परियोजना खारेज गर, एमसीसी सम्झौता चाइदैन’ लगायतका नारा लगाएका थिए ।

 

 

यसअघि बुधबार परराष्ट्रमन्त्री डा नारायण खड्काले संसदीय समितिमा राष्ट्रिय सहमति र मुलुकको हितमा रहेमात्रै एमसीसीलाई अघि बढाउने बताएका थिए ।