सत्तागठबन्धनको बैठक बालुवाटारमा जारी,नेपाल बाहिरिए

काठमाडौं। बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् ।

 

 

नेपाल बाहेकका नेताहरु भने बालुवाटारमै बसिरहेका छन् । गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच मन्त्रालयको मोटामोटी भागबण्डा मिले पनि केही विषयमा अझै कुरा मिलाउन बाँकी रहेकाले आज पुनः गठबन्धनको बैठक बसेको हो।

 

 

 

मन्त्रिमण्डल विस्तारको अन्तिम तयारीमा रहेका गठबन्धन घटक दलहरुबीच यसअघि भएको मन्त्रालय भागबण्डाप्रति अध्यक्ष नेपाल सन्तुष्ट हुन सकेका छैनन् ।

 

 

 

यसअघि काँग्रेसले ७, माओवादी केन्द्रले ६ र समाजवादी र जसपाले चारचार वटा मन्त्रालय पाउनेगरी कुराकानी भएको थियो । तर, आफ्नो भागमा थोरै मन्त्रालय भाग लगाएको भन्दै माधव नेपालले असन्तुष्टि जनाएका थिए ।