लायन्स क्लब अफ लंकूको मृगौला पिडितलाई सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न

 चितवन । भरतपुर-४ को सामाजिक सहायता अभिवृद्धि गर्ने अभियानमा लायन्स क्लब अफ लंकूले भरतपुर २७ मेघौलीका ३८ वर्षका मृगौला रोगबाट पिडित महेश भुसाललाई सत्र हजार नगद प्रदान गरेको छ।

 

 

कार्यक्रममा स्वागत मन्तव्य राख्दै क्लबका द्वितीय उपाध्यक्ष भुवानन्द खरेलले समाजमा पिडितलाई सहयोग गरी भातृत्व र सामाजिक दायित्व बढाउन यस्तो सहयोगको कार्य राखेको बताए।

 

 

 

स्थानीय दुग्ध सहकारीमा कार्यरत भुसाल विगत आठ महिनादेखि दुवै मृगौलामा समस्या आएको हो। हाल उनी काठमाडौं महाराजगंजस्थित शिक्षण अस्पतालमा उपचाररत रहेको तृतीय उपाध्यक्ष महेश्वर झाले बताए।

 


 
क्लबका अध्यक्ष भिमलाल शर्मा खरेलको सभापतित्वमा भएको उक्त्त कार्यक्रममा प्रमुख अतिथि चार्टर अध्यक्ष लायन भानुभक्त सापकोटाले यस्तो सहयोगलाई सबै सरोकारवालाले निरन्तरता दिनुपर्ने बताए।

 

 

विशिष्ट अतिथि पूर्व लायन्स अध्यक्ष लायन कृष्ण कुमार शर्मा एवम् कार्यक्रमका संयोजक सोम सापकोटा रहेका थिए।

 

 
उक्त कार्यक्रमको सहजीकरण लायन सुनिल सापकोटाले गरेका थिए। आगामी दिनमा यस क्लबले स्थानीय स्तरमा सामाजिक सेवाका काम गर्ने क्लबका अध्यक्ष भिमलाल शर्मा खरेलले बताए।