घाँटी काटिएको अवस्थामा एक युवकको शव फेला

सांकेतिक तस्विर

काठमाडौं। धनुषामा एक व्यक्तिको घाँटी काटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ।

 

 

नगराइन नगरपालिका वडा नम्बर ५ गाँगुलीमा आइतबार बिहान अन्दाजी ३५ वर्षीय युवकको शव फेला परेको धनुषा प्रहरीले जनाएको छ।

 

 

 

मृतकको सनाखत हुन सकेको छैन । उनको शनिबार राति हत्या भएको हुनसक्ने प्रहरीको अनुमान गरेको छ ।

 

 

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।