चितवनका पत्रकार एवम् साहित्यकार द्वारिका नेपालको मस्तिष्कघातका कारण निधन

चितवन । साहित्यकार तथा पत्रकार द्वारिका नेपालको ४७ वर्षको उमेरमा काठमाडौंको ग्राण्डी ईन्टरनेशनल अस्पतालमा आज बिहान निधन भएको छ। असोज २५ गते फूलपातीका दिन पुरानो घर रौतहटको चन्द्रनिगाहपुर जादा बाटोमा गाडी चलाउने क्रममा निजगढ तामागढीको जंगलमा बेहोस भएपछि उनलाई चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याईएको र हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याई ग्राण्डी ईन्टरनेशनल अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियोे।उनी नेपाल पत्रकार महासंघ चितवनका सदस्य, प्रेस चौतारी नेपालका वाग्मती प्रदेश कमिटी सदस्य तथा गजल मञ्च चितवनका अध्यक्ष समेत रहेका थिए।उनी चितवनका विभिन्न शिक्षण संस्थामा अध्यापन गर्नुका साथै कालिका एफ एम र कालिका टिभीमा पत्रकारका रुपमा कार्यरत थिए।उनको आज पवित्र तिर्थस्थल देवघाट धाममा अन्त्यष्ठी गरिने पारिवारिक स्रोतले जानकारी दियो। साहित्यकार एवम् पत्रकार नेपालका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।