लगातारको वर्षाले चितवनको धान खेती नष्ट, किसानको आखाँमा आँशु

चितवन। चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १५ का किसान मुक्तिप्रसाद लामिछानेको दश कठ्ठा जग्गामा सावा मनसुली धान लगाएका थिए।

 

 

समयमै लगाएको धान मल जलको कारण राम्रै फल्यो। तर सोमबार रातिदेखि परेको पानीले उनको धान डुबानमा परेको छ।

 

मेरो श्रम लगानी सबै बर्बाद भयो। उनले भने। खेती गर्ने समयमा मजदुरको ज्याला र मल गरेर तीस हजार खर्च भएको दुखेसो व्यक्त गरे।

 

 

मुक्तिप्रसाद जस्तै पिडामा छन् , दिलिप शर्मा। उनको भरतपुर महानगरपालिका वडा नम्बर ४ मा लगाएको १ बिघा खेतको वार जातको धान घर भित्र्याउने समयमै बेमौसममा परेको पानीले डुबाएको छ।

 

 

उनले भारतको बम्बईमा जागिर गर्छन्। कोभिडका महामारीको कारण हाल नेपालमा नै छन्। ५ जनाको परिवार खेती गरेरै पाल्दै आएको छु, अब कसरी खर्च टार्ने ? गहभरी आँसु पार्दै उनले भने। न समयमा मल पाईन्छ, न क्षतिपूर्तिको व्यवस्था छ, संविधानमा वैज्ञानिक भूमिसुधार लेखिएको मात्र छ।

 

 

दिलिप र मुक्तिप्रसाद जस्तै पिडामा छन्, भरतपुर ४ का किसान बालानन्द आचार्य र टिकाराम कडेल। उनीहरुको १/१ बिघामा लगाएको धान पुरै पानीको कारण डुबानमा परेको छ। बालानन्द रौतहटबाट र टिकाराम बागलुङ्गबाट बसाइँसराइ गरेर चितवन आएका हुन्।

 

उनीहरुले डुबानमा परेको धान उठाएर बाँध्ने प्रयास गरे पनि धान पुनः लडेको छ। बालानन्द भन्छन् ,पराल मात्र खेर जाला भने पनि धान समेत नष्ट हुनेभयो।

 

 

त्यस्तै टिकारामले भने, हाम्रो पिडा कस्ले बुझ्ने खैरुू स्थानीय सरकार वडा, महानगरबाट किसानले अहिलेसम्म केही पाएको छैन र आशा पनि नभएको धारणा उनले राखे।

 

यसरी लगातारको झरीको कारण किसानहरुको खेतमा पानी जमेको छ।डुबानमा परेको धानलाई आलीमा राखे पनि डुबाएको धान नष्ट हुने सम्भावना धेरै भएको मुक्तिप्रसाद बताउँदछन्।

 

 

 चितवनको सम्पूर्ण धान खेतीयोग्य क्षेत्रमा लगाईएको धानबाली सोमबारदेखि शुरु भएको वर्षा जारी रहँदा नोक्सान भएको छ।

 

 

 

लगाईएको धानमध्ये करिब तीस प्रतिशत धान मात्र काटिईसकेको छ। वर्षाले काटेका धानमा धेरै क्षति र पानी परिरहे काटन बाँकी धानमा क्षति पुग्ने कृषि विशेषज्ञ दिनानाथ पौडेल बताउँदछन्।