सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूलाई ५ लाख आर्थिक सहयोग गर्ने

काठमाडौं। सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

 

 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए।

 

 

घर निर्माणका लागि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराइनेछ ।

 

 

मन्त्रिपरिषद्को बैठकले एकै घरमा एक जनाको मृत्यु भएको भए दुई लाख, र सोभन्दा बढीको मृत्यु भए प्रति मृतक एक लाखका दरले थप सहयोग गर्ने निर्णय गरेको छ ।

 

 

उद्दार कार्यका लागि निजी क्षेत्रका हेलिकोप्टर पनि प्रयोगमा ल्याउने निर्णय भएको मन्त्री खाँणले जानकारी दिएका छन ।