परमादेश दिने पाँचै जना श्रीमानले राजीनामा दिनुपर्छ :अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिने न्यायाधीशहरुले राजीनामा दिनुपर्ने बताएका छन् ।

 

 

 

आफ्नो पार्टीको पालिका अधिवेशनलाई सम्बोधन गर्दै उनले पाँच जनाले परामादेश दिएकाले प्रधानन्यायाधीशको मात्र राजीनामा मागेर नपुग्ने ताएका हुन्।

 

 

 

उनले न्याय प्रणाली स्वच्छ, निष्पक्ष हुनुपर्ने स्पष्ट पारे। ओलीले राज्यका सबै अंग प्रभावकारी हुनुपर्ने धारणा राखे। सभामुख अग्नी सापकोटाले एमालेमाथि षड्यन्त्र गरेको आरोप लगाए।

 

 

 

उनले अहिलेको सरकारलाई पञ्चरंगीको संज्ञा दिएका छन्। देशको प्रमुख पार्टी रहेकाले राष्ट्र निर्माणको अभिभारा एमालेको काँधमा रहेको बताएका हुन्।