क्रान्तिकारी माओवादीले राष्ट्रघाती एमसीसी पास नगर्न खबरदारी गर्दै सांसदहरुलाई ध्यानाकर्षण पत्र बुझाउने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौंले कार्तिक १० देखि १३ गतेसम्म सांसदहरुलाई राष्ट्रघाती एमसीसी संसदबाट पास नगर्न खबरदारी गर्दै काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरुलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ ।

 

हालै सम्पन्न क्रान्तिकारी माओवादी काठमाडौंको बैठकले यस्तो निर्णय गरेको हो ।

 

 

निर्णय अनुसार नो एमसीसी लेखिएको रातो टिसर्टमा मार्चपास सहित सांसदहरुको घर तथा अफिसहरुमा पुगेर घ्यानाकर्षण पत्र हस्तान्तरण गरिनेछ । कार्यक्रम विहान ८ बजेदिखि सुरु हुने बताइएको छ ।

 

 

जिल्ला इन्चार्ज सरु र सेक्रेटरी अमरको संयुक्त हस्ताक्षरमा बुझाउन लागिएको ध्यानाकर्षण पत्रमा एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पास गर्ने राष्ट्रविरुद्धको अपराधजन्य कार्यमा सरिक नहुन भन्दै सांसदहरुलाई खबरदारी गरिएको छ ।