नेपालमा थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि,थप ११ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ।

 

त्यस्तै ६२२ जना निको भएका छन्।अहिलेसम्म  ७ लाख ८८ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।

 

 

  पछिल्लो २४ घण्टामा थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १० हजार २९८ पुगेको छ ।

 

 

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १० हजार २९६ जना रहेका छन् । जसमध्ये ९ हजार ५१२ जना होम आइसोलेसनमा रहेका छन् भने ७८४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५२ जना आईसीयू र ८० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

 

 

यस्तै १० वर्ष मुनिका १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४५ जना कोरोना संक्रमित थपिएका छन् ।