आज दिउँसो पहाडी भुभागमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हिमपातको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको महाशखाले जनाएको छ।

 

 

 

हाल मौसमको अवस्था देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा रहेको छ ।

 

 

आज दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने छ। पहाडी भुभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

 

त्यस्तै आज राती देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने छ।

 

 

देशका पहाडी भुभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेकोले उक्त क्षेत्रका वासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउनु हुन अनुरोध छ ।