आलोपालो सरकार चलाउने सहमति भएको छैन: नेता पाण्डे

काठमाडौं । बागमती प्रदेश मुख्यमन्त्रीको सपथ लिन लागेका नेता राजेन्द्र पाण्डेले आलोपालो सरकार चलाउने कुनै सहमति नभएको बताएका छन् ।

 

 

बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले नेपाली कांग्रेससँग आधा-आधा कार्यकाल चलाउने सहमति नभएको दाबी गरेका हुन् । उनले प्रदेशसभाको बाँकी अवधिभर आफ्नै नेतृत्वको सरकार रहने बताए ।

 

 

 

उनले भने, ‘आलोपालो भन्ने सहमति भएको छैन । कहिलेकाहीँ सजिलोका लागि मान्छेले के–के भनिरहन्छन् नि । अस्ति एक जना साथीले एकीकृत समाजवादी र माओवादी मिल्छ भनेर ठोक्दिनु भयो। त्यस्तो सल्लाह नै भएको थिएन।

 

 

 

तर संसद र संविधान बचाउने कुरामा एक मत रहेको गठबन्धनबीच आलोपालो भन्ने कुरा ल्याएर अस्थिरतातर्फ अघि बढ्न नहुने पाण्डेले बताए। उनले भने, ‘संसद र संविधान बचाउन हामीले योगदान दिएका छौँ । केन्द्रदेखि तलसम्म त्यही आधारमा गठबन्धन भएको हो ।

 

 

 

गत बिहीबार एकीकृत समाजवादी र कांग्रेसबीच आलोपालो सत्ता चलाउने सहमति भएको बताइएको थियो । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि बुधबार राजिनामा दिँदै बाहिरिएकी थिइन् ।